१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हेटौंडामा बस, टयांकर र मोटरसाइकल ठोक्किँदा १६ जना घाइते


104
Shares

हेटौंडा । हेटौंडामा बस, टयांकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरमा शुक्रबार सांझ हेटौंडाबाट बिरगंज जाँदै गरेको बा ८ ख ६३४६ नं को बस बिरगंजबाट हेटौंडा आइरहेको लु २ ख २७५८ नं को टयांकर र लु ८६ प ६१३० नं को मोटरसाइकल एकआपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार घाइते १६ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जसमध्ये १४ जना पुरुष २ जना महिला रहेका छन् ।