१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


बाबुराम भट्टराईविरुद्धको साइबर अपराधको जाहेरी, प्रहरीले गरेन दर्ता


0
Shares

काठमाडौं, बैशाख १५ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी प्रहरीले दर्ता नै नगरी फिर्ता गरिदिएको छ ।

जनता समाज पार्टी (जसपा) नेपालका नेता एवं पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध साइबर अपराधमा कार्वाही गर्न माग गर्दै जाहेरी लिएर गएका सत्तारुढ नेकपाका युवा विद्यार्थी नेतालाई काठमाडौं प्रहरीले जाहेरी नलिई फर्काइदिएको हो ।

विद्युतीय माध्यमबाट डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले आफ्ना नेताहरुको चरित्रहत्या गरेको भन्दै सोमबार युवासंघ र अनेरास्ववियुका नेताहरु साइबर अपराधमा कारबाही माग गर्दै प्रहरी परिसर टेकु पुगेका थिए ।

युवा संघका केन्द्रीय सदस्य सन्जिवकुमार झा र अनेरास्ववियुका नारायण घर्तीले सामाजिक सन्जालबाट अफवाह फैलाएर व्यक्तिको चरित्रहत्या गरेको भन्दै लगेको जाहेरीलाई प्रहरीले यो विषयमा साइबर अपराधभन्दा गाली बेइज्जतीसँग सम्बन्धित रहेको भन्दै फिर्ता पठाइदिएको हो ।