
काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानूनी अनुमति दिने भएकाे छ ।
सर्वोच्च अदालतले ५० वर्ष पुरानो फैसला उल्ट्याएको हाे । योसँगै अमेरिकामा महिलाले गर्भपतन सम्बन्धि कानुनी अधिकार गुमाएका छन् । अदालतको यो आदेशले अब अमेरिकाका राज्यहरुलाई गर्भपतनलाई गैरकानूनी मान्ने वा त्यसलाई मान्यता दिने विकल्प दिएको छ ।
तर, गर्भपतन महिलाको हक हुनुपर्ने माग गर्दै आएका संगठन तथा संस्थाहरूले भने अदालतको फैसलामा असन्तुष्टि जनाउँदै विरोध जनाएका छन् । अमेरिकामा महिला अधिकारवादीहरुले अदालतको फैसलाप्रति चर्को विरोध जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्