काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासूर’ भनिएको अन्तर्वार्ता प्रशारण भएपछि रेडियो नेपालका अधिकारीहरु दबाबमा परेका छन् ।
सरकारको दबाबकै कारण रेडियोका कार्यकारी निर्देशकले माफी मागेका छन् भने रेडियो नेपालले आफ्नो अनलाइनबाट उक्त अन्तार्वार्ताको लिन्क नै हटाएको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार बिहान रेडियो नेपाललाई अन्तर्वार्ता दिनेक्रममा प्रधानमन्त्री ओलीलाई ‘भष्मासूर’को संज्ञा दिएका थिए ।
रेडियो नेपालको प्रत्यक्ष प्रशारित अन्तरसंवाद कार्यक्रमका लागि समाचार प्रमुख नवराज लम्साललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भष्मासूर प्रवृत्तिलाई अन्त्य गरौँ भनेको उक्त अन्तर्वार्ता हटाउँदै रेडियो नेपालले प्रत्यक्ष भएकाले चाहँदा चाहँदै पनि त्यस्ता शब्द रोक्न नसकिएको प्रष्टीकरण दिएको छ ।
अबदेखि अतिथि बोलाउँदा सचेत रहने बाचा पनि रेडियो नेपालका कार्यकारी निर्देशक सुरेन्द्रकुमार कार्कीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्