७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सन्धिखर्कका नगरप्रमुख श्रेष्ठ कैदीबन्दीको समस्या बुझन कारागार पुगे


1.131k
Shares

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको कारागारमा बस्ने कैदीबन्दीको समस्या बुझन सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ पुग्नुभएको छ ।

कैदीबन्दीले सोही क्रममा आफ्ना समस्या राखेका हुन् । कैदीबन्दी गणेश भुसालका अनुसार खानेपानी, बत्ति, उत्पादन गरेका मुढा बिक्री नहुने समस्या राख्नुभएको छ। त्यस्तै आफूहरुलाई तनाव कम गर्ने कार्यक्रमको माग राख्नुभएको छ । साथै महिला कैदीबन्दी सिता बिकका अनुसार आफूहरुको आर्थिक अवस्था कमजोर भएकाले आगोमा पकाएर खाने अवस्था र महिला बन्दीको लागि व्यवस्थित नुहाउने ठाउँ नभएको लगायका समस्या राख्नुभएको छ।

यी समस्याको समधान तत्काल नै नगरपालिकाले गर्ने सन्धिखर्क नगरप्रमुख श्रेष्ठले कैदीबन्दीसँग प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अहिले जिल्लामा पुरुष ५० र महिला ५ जना गरि ५५ जना कैदीबन्दी अर्घाखाँची कारागारमा बस्ने गरेको कारागारकी जेलर प्रमुख रचना बुढाथोकीले जानकारी दिनुभयो ।