
काठमाडौं, बैशाख १५ । भारतमा कोरोना भाइरसबाट ८ सय ८६ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट संक्रमित हुनेको संख्या २८ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा एक हजार ४६३ नयाँ संक्रमित भेटिएका छन् । संक्रमणबाट निको हुने दर भने २२ प्रतिशत रहेको पनि मन्त्रालयका सचिव लव अग्रवालले जनाएका छन् ।
यसैबीच भारतमा कामधन्दा शुरु भएको र दुई करोडभन्दा बढी मानिस रोजगारीमा फर्किएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्