१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


राष्ट्रपति भण्डारीसँग गरे चिनियाँ समकक्षी सीले टेलिफोन वार्ता


0
Shares

एजेन्सी, बैशाख १५ । चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसविरुद्धको लडाइमा नेपाललाई निरन्तर सहयोग गर्ने बचन दिएका छन् ।

राष्ट्रपति विद्या भण्डारीसँग सोमबार साँझ टेलिफोनमा कुरा गर्दै सीले कोरोनाविरुद्धको लडाइँमा चीन नेपालको समथमै रहेको बताएका हुन् ।

सीले नेपालमा कोरोनाको संक्रमणको अवस्थाबारे चीन जानकार रहेको र प्रकोपविरूद्धकोे लडाइँलाई गहिरो समर्थन गर्ने बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य र चिकित्सा संस्थालाई सहयोग अभिवृद्धि गर्न आग्रह गरेकी थिइन् भने सीले निरन्तर सहयोगको प्रतिवद्धता जनाएका थिए ।