
काठमाडौं, बैशाख १५ । अमेरिकामा कोरोना भाइरसबाट ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ९३ हजार नाघेको विभिन्न सञ्चारसंस्थाहरुले जनाएका छन् ।
पछिल्लो २४ घन्टामा ६ सयभन्दा बढीको मृत्यु भएको छ । १ लाख २० हजारभन्दा बढी मानिस उपचारपछि निको भएर फर्किएका छन् ।
विश्वभर २ लाख ९ हजारभन्दा बढी मानिसको मृत्यु हुँदा संक्रमित हुनेको संख्या भने ३० लाख २५ हजार नाघेको छ ।
अमेरिकापछि बढी मृत्यु हुनेमा इटालीमा करिब २७ हजार, स्पेनमा २३ हजार ५ सयभन्दा बढी, २२ हजार ८ सयभन्दा बढी, बेलायत २० हजार ७ सयभन्दा बढी रहेको छ ।
संसारभरमा करिब ९ लाख मानिस भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्