१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


अमेरिकामा कोरोनाबाट संक्रमितका संख्या १० लाख नाघ्यो, मृत्यु हुने ५६ हजारभन्दा बढी


0
Shares

काठमाडौं, बैशाख १५ । अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख १० हजार नाघेको छ ।

कोरोना भाइरसबाट ५६ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको विभिन्न सञ्चारसंस्थाहरुले जनाएका छन् ।

सोमबार मात्र १ हजार ७१ जनाको मृत्यु भएको छ भने करिब २० हजार नयाँ विरामी थपिएका छन् । १ लाख २० हजारभन्दा बढी मानिस उपचारपछि निको भएर फर्किएका छन् ।

विश्वभर २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु हुँदा संक्रमित हुनेको संख्या भने ३० लाख ६४ हजार नाघेको छ ।

अमेरिकापछि बढी मृत्यु हुनेमा इटालीमा करिब २७ हजार, स्पेनमा २३ हजार ५ सयभन्दा बढी, फ्रान्समा २३ हजार २ सयभन्दा बढी, बेलायत २१ हजारभन्दा बढी रहेको छ ।

संसारभरमा करिब ९ लाख २२ हजार मानिस भने उपचारपछि निको भएर घर फर्किएका छन् ।