
एजेन्सी । नर्वेको ओस्लोस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुई जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।
शनिबार बिहान भएको घटनाका शंकास्पद एक जनालाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ । आक्रमणको कारण स्पष्ट भइनसकेको तथा घटनाको छानबिन भइरहेको अधिकारीहरूले बताएका छन् ।
बन्दुक हिंसाबाट अति प्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा सो आक्रमण भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ कानुन पारित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्