१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुखको गोलियाले किचेर एक युवकको मृत्यु


663
Shares

पाँचथर । जिल्लामा रुखको गोलियाले किचेर एक युवकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बे रहेका छन् ।

शनिबार विहान ९ बजे गोलिया पल्टाउने क्रममा किच्दा आङदेम्बेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ गएको छ ।