१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बेलारुसलाई आणविक क्षमताको क्षेप्याष्त्र प्रणाली दिने रुसको घोषणा


5.941k
Shares

काठमाडौं । रुसले बेलारुसलाई आणविक क्षमताको क्षेप्याष्त्र प्रणाली दिने भएको छ ।

बेलारुसले एटलान्टिक सहयोग संगठन नेटोले आफनो सीमा नजिक आक्रमण गर्न थालेको भन्दै रुससँग हतियार माग गरेपछि रुसले आधुनिक हतियार उपलब्ध गराउन लागको हो । रुसको भ्रमणमा रहनुभएका बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोसँगको भेटमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले बेलारुसलाई हतियार उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

पुटिनले बेलारुसलाई उपलब्ध गराइने बताउनुभएको ‘इस्काण्डर–एम’ मिसाइल प्रणालीले ५ सय किलोमिटरको दूरीसम्म परम्परागत र आणविक क्षमताको ब्यालिस्टिक र क्रुज दुवै मिसाइल प्रहार गर्न सक्नेछ । बेलारुसले रुस युक्रेन युद्ध अन्त्यको लागि पहल गर्नुका साथै रुसको नेतृत्वको सैन्य गठबन्धनलाई पश्चिमा विरुद्ध एकजुट हुन आग्रह गर्दै आएको छ ।

रुस-युक्रेन युद्धमा रुसको समर्थन गर्दै आएको बेलारुसले लिथुआनिया र पोल्याण्डको नीतिहरुका विषयमा भने चिन्ता ब्यक्त गर्दै आएको छ । रुस र युक्रेनको युद्ध चरम उत्कर्षमा पुगेका बेला बेलारुसको राष्ट्रपतिको रुस भ्रमणलाई महत्वका साथ हेरिएको छ ।