
काठमाडौं । नर्वेको एक नाइटक्लबमा भएको गोलीकाण्डलाई आतंकवादी हमलाको रुपमा ब्याख्या गरिएको छ ।
नर्वेको ओस्लोस्थित एक लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको ज्याज पवमा ४२ वर्षिय एक पुरुषले अन्धाधुन्ध गोली प्रहार गर्दा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका थिए । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरेलले गोली प्रहार गर्ने ब्यक्तिमाथि गत मे महिनामै सोधपुछ गरिएको जानकारी दिदै घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।
प्रत्यक्षदर्शीहरुका अनुसार गोली प्रहार गर्ने ति ब्यक्तिले आफ्नो झोलामा रहेको बन्दुक झिकी नाइट क्लबमा भेला भएकाहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटना लगत्तै पक्राउ परेका उनको साथबाट एक स्वाचालित बन्दुक सहित दुईवटा बन्दुक बरामद गरिएको छ । पक्राउ परेका ब्यक्ति नर्वेका नागरिक भएको र उनी सन् २०१५ देखि कट्टरपंथी इस्लामीकको रुपमा परिचित रहेको पनि जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्