
सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले विदुर पुरुष (एकल पुरुष) हरुलाई मासिक २ हजार भत्ता दिने भएको छ।
सोही गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि आफ्नो पालिका भित्रका एकल पुरुषहरुलाई जीवननिर्वाह गर्नका लागि भत्ता उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । मरिण गाउँपालिकापालिका भित्रका एकल पुरुषहरुलाई भत्ता वितरणको लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा १२ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताउनुभएकाे छ ।
उहाँले आगामी श्रावण महिनादेखि एकल पुरुषहरुलाई पनि भत्ता दिने तयारी गरेर बजेटमा नै छुट्याएकोले मरिण गाउँपालिकाभित्र रहेका एकल पुरुषहरुको तथ्यांक संकलन गर्ने बताउनुभएकाे हाे । मरिण गाउँपालिकाले विदुर पुरुषहरुलाई मासिक २ हजारका दरले भत्ता दिने र ४० वर्षसम्म विवाह नगरी बसेका पुरुषहरुलाई पनि भत्ता दिन असार भित्रै कार्यविधि बनाउने तयारी गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्