
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ लाई आगामी एक वर्षसम्ममा बालमैत्री वडा घोषणा गरिने भएको छ ।
सरोकारवालाले बालमैत्री वडा घोषणाका लागि पूरा हुन आवश्यक सेवा प्रवाहमा आधारित र संस्थागत विकासमा आधारित न्यूनतम सूचकहरूको अवस्था र पूरा गर्ने प्रक्रियालाई समेत हेर्दा वडालाई वि.सं २०८० पुस मसान्तसम्ममा बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित सम्पूर्ण सरोकारवालाहरू सक्रिय हुने प्रतिबद्धता जनाएका हुन् ।
सो वडा स्तरमा बालमैत्री नीति तथा आचारसंहिताहरूको निर्माण गर्ने, बालबालिकाको प्रोफाइल तयारी गर्ने, लगानी योजना तयारी तथा कार्यान्वयन गरि प्रत्येक वर्ष बालबालिकाको स्थिति प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिएको छ ।
वडालाई बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि वार्षिक रूपमा कार्य योजना बनाई कार्यान्वयन गर्ने र न्यूनतम सूचकका मापदण्ड पुर्याउन सहयोग गर्ने, बाल संरक्षण प्रणालीलाई मजबुत र क्रियाशील बनाउने, बाल अधिकार समिति र बाल अधिकारसँग सम्बन्धित अन्य सरोकारवाला तह, निकाय र संघ संस्थाहरूसँग समन्वय तथा सहकार्य गर्ने सहभागिहरूले प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्