२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


युक्रेनकाे सेभेरोदोेनेत्स्क शहर पूर्ण रूपमा रुसको कब्जामा


3.25k
Shares

काठमाडौं । युक्रेनकाे सेभेरोदोेनेत्स्क शहर रुसी सेनाले कब्जा गरेकाे छ ।

युक्रेनको मारियुपाेल शहर कब्जामा लिएको केही सातामा नै रुसले सेभेरोदोेनेत्स्क शहरमाथि कब्जा जमाएको हो । सो शहरमा रहेको एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका छन् । रुसी सेनाले युक्रेनको महत्वपूर्ण शहर मारियुपाेलपछि नियन्त्रणमा लिएको यो शहर पनि केमिकल प्लान्टका लागि प्रख्यात छ ।

रुसी सेना अब युक्रेनले अर्को शहर लिसिचान्स्क तर्फ अघि बढेको छ । रुस र युक्रेनबीच भएकाे युद्ध ५ महिनामा प्रवेश गरिरहदा युक्रेनतर्फ ठूलो क्षति भएको छ । प्रत्येक दिन २ सयको हाराहारीमा युक्रेनी सेनाको युद्धकै क्रममा मृत्यु हुने गरेको छ।