१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


बालुवाटारमा प्रधानमन्त्री ओली र दाहालबीच छलफल


0
Shares

काठमाडौं, बैशाख १६ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो अवस्थाका बारेमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीले बोलाएपछि दाहाल भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच कुराकानी भइरहेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

आजै सचिवालय बैठक बोलाउने बताइएका बेला प्रधानमन्त्री ओलीले दाहालसँग अलग्गै छलफल गरेका हुन् । यसअघि हिजो ओलीले नेकपाका अर्का नेता माध नेपालसँग लामो वार्तालाप गरेका थिए भने दुइ नेताका तर्फबाट टोली बनाएरै पनि नेकपाभित्रको पछिल्लो खिचातानीबारे छलफल भएको थियो ।

लामो समयदेखि नेकपामा पन्पिरहेको राजनीतिक खिंचातानी अध्यादेश प्रकरणपछि उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओलीले पार्टी नेताहरुसँग सल्लाह नै नगरी एकलौटी निर्णय गर्न थालेको र त्यसले एकपछि अर्को गर्दै पार्टी र सरकारलाई नै विवादित बनाएको भन्दै अरु नेता विरोधमा उत्रिएका छन् ।

सचिवालयमा प्रधानमन्त्री ओलीको विरुद्धमा अर्का अध्यक्ष दाहाल, नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विषणु पोडेल देखिएका छन् भने ओलीका पक्षमा इश्वर पोखरेल र रामबहादुर थापा रहेका छन् ।

ओलीको कार्यशैलीको विरोधमा रहेका नेताहरुले तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग गरिहरेका छन् भने उनी बैठक टार्ने पहलमा लागेका छन् । स्थायी कमिटीका २० जना नेताले तस्थायी कमिटी बैठक बोलाउन लिखित रुपमै माग गरेका छन् ।