
काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गर्दा आफूहरूले निकै दुःख गर्नुपरेको बताउनुभएको छ ।
पार्टीनिकट महिला संगठनको कार्यक्रमलाई सम्बाेधन गर्दै आज (आइतबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । विभाजनका लागि आवश्यक संख्या पुर्याउन अनेक तरिका लगाउनुपरेको समेत स्मरण गर्नुभयाे । केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्यास लिने वा विद्रोह गर्ने तीन विकल्पमा आफूहरुले विद्रोह राेजेको उहाँको भनाइ छ ।
त्यसका लागि साथीहरूलाई चन्द्रागिरीमा लगेर दुई दिन राख्नुपरेको समेत उहाँले उल्लेख गर्नुभयो। जेठ २ अगाडिको अवस्थामा फर्काउने नक्कली शर्तमा दश भाइलाई रोकिएको पनि उहाँले बताउनुभयो ।
अर्को प्रसंगमा उहाँले महिला हिंसाका चर्चित मुद्दाहरूमा महिला संगठनले सक्रियता नदेखाएकामा गुनासो पनि गर्नुभयो । यस्ता मुद्दा आउनासाथ पत्रकार सम्मेलन गर्नेदेखि रत्नपार्कमा जुलुस निकाल्नेसम्म गर्न महिला नेतृहरूलाई उहाँले सुझाव समेत दिनुभएकाे छ । भित्रभित्र उम्लिएको भावनालाई बाहिर नपोख्दासम्म अर्थ नहुने पनि उहाँकाे तर्क छ ।
प्रतिक्रिया दिनुहोस्