२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जिल्ला समन्वय समिति रौतहटमा गठबन्ध विजयी


416
Shares

रौतहट । जिल्ला समन्वय समिति रौतहटको आइतबार भएको निर्वाचनमा गठबन्धका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रको गठबन्धनबाट सभापतिका उम्मेदवार रामअयोध्या यादव र उपसभापतिमा समाजवादीका महेश बैठा निर्वाचित भएका हुन् ।

यसैगरी सदस्यहरुमा कांग्रेसका अशोककुमार झा, इन्दुदेवी, बिजुलिया पासवान र शेख मोज्जमिल नेकपा समाजवादीका किरणदेवी पंडित, सरफलाल यादव र माओवादी केन्द्रका कमलादेवि ढकाल निर्वाचित भएका छन् ।

रौतहटको १८ पालिकामा जिल्ला समन्वय समितिमा ३६ मत रहेको थियो । जसमध्ये गठबन्धनको तर्फबाट सभापतिमा यादवले २६ मत, उपसभापतिमा झाले २४ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका सभापतिका उम्मेदवार शेरबहादुर पटेलले ५ मत र उपसभापति प्रमिलादेबीले ५ मत प्राप्त गर्नु भएको हो ।

जनता समाजबादी पार्टीका मतदाताले मत नै खसालेनन् ।