१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्थतन्त्र नयाँ पुस्ताका लागि जटिल मोडमा : अध्यक्ष गोल्छा


169
Shares

सर्लाही । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देशको अर्थतन्त्र नयाँ पुस्ताका लागि जटिल मोडमा पुगेको बताउनुभएको छ ।

कोरोना र त्यसपछि भएको रुस–युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा धक्का पुगेको अध्यक्ष गोल्छाले बताउनुभयो । कोरोना भन्दा पहिला सकारात्मक बिन्दुमा रहेको अर्थतन्त्र हाल नकारात्मक हुनु अहिलेको पुस्ताका लागि सबैभन्दा जटिल अवस्था हुन सक्ने बताउनुभयो ।

उद्योग वाणिज्य संघ लालवन्दीको ८ औँ साधारण सभामा उहाँले अहिलेको अवस्थाबाट माथि उठ्न पर्यटकिय गतिविधिमा जोड दिँदै निर्यातमुखी उत्पादनको विकल्प नरहेको बताउनुभयो ।

उहाँले पछिलो समय नेपालबाट विद्युत निर्यात हुन थालेको भन्दै सिमेन्टको निर्यातमा ध्यान दिनुपर्ने बतउनुभयो ।