
काठमाडौं । विभागीय टोली एपिएफका गोपीचन्द्र पार्की र वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर तर्फको दौडमा स्वर्ण पदक जितेका छन् ।
त्रपुरेश्वर स्थित दशरथ रंगशलामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा एपिएफका गोपीले निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यस्तै, आर्मीका मुकेश पालले ८ मिनेट ३० ससेकेण्डमा पूरा गर्दै रजत पदक जित्दा त्रिभूवन आर्मी क्लवका दीपक अधिकारीले ८ मिनेट ३८.० सेकेण्डको समय निकाल्दै कास्य पदक हात पारे ।
राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत आजै सम्पन्न ट्रिपल जम्प महिला तर्फको प्रतिष्पर्धामा एपिएफकी शिला चौधरीले स्वर्ण पदक जित्दा पुलिसकी सीमा चौधरीले रजत तथा आर्मी की निर्मला थापाले कास्य पदक जिते ।
योसँगै कोरोना महामारीपछि पहिलोपटक आयोजना भएको तीन दिने ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आर्मीकी जयरानी थारु र एपिएफका शिव पार्की उत्कृष्ट खेलाडी घोषित भए । आर्मी १८ स्वर्ण, १२ रजत र ५ कास्यसहित पहिलो भयो भने १९ स्वर्ण, ६ रजत र ८ कास्य जितेको एपिएफ दोस्रो भयो ।
यस्तै ३ स्वर्ण, २ रजत र ४ कास्य जितेको वागमती प्रदेश तेस्रो स्थानमा रह्यो । नेपाल पुलिसले २ स्वर्ण, ३ रजत र ४ कास्य पदका निकाल्दा चौथो बन्यो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पुरस्कृत गरे ।
प्रतिक्रिया दिनुहोस्