
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज (साेमबार) बस्ने भएकाे छ।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान परिषदमा बस्ने बैठकमा पार्टीको सांगठानिक गतिविधि, स्थानीय चुनावको समीक्षा, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने बताईएको छ ।
पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदन परिषद बैठकमा पेश हुने र त्यसमाथि छलफल गर्ने तयारी रहेकाे छ।कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवाद र अवसरवादकाविरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाका विषयमा प्रतिवेदनमा उल्लेख रहेको जनाइएकाे छ ।
मंगलबारसम्म चल्ने परिषद बैठकमा करिब १५ सय प्रतिनिधि सहभागी हुने बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्