
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ ।
यसअघि असार ५ गते सुनुवाई भएको मुद्दालाई हेर्दाहेर्दैमा राखेर सोमबारका लागि सुनुवाई तोकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलसामा सुनुवाई भइरहेको मुद्दामा रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानून व्यवसायीले बहस गरिसकेका छन् । उनीहरूले सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानूनी रहेको दावी गरेका छन् ।
सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको थियो। सोमबार प्रतिवादीका तर्फबाट बहस हुने भएकाे छ । आफू भन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्