१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सिन्धुलीमा “एक घर एक धारा” गाँउपालिकाको अभिभारा भन्ने नीति पारित


117
Shares

सिन्धुली । सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकाको आर्थिक वर्ष २०७९/८० को दोस्रो गाँउसभाको प्रथम अधिवेशनले “एक घर एक धारा”, गाँउपालिकाको अभिभारा भन्ने नीति पारित गरेको छ ।

साेही पालिकाले आर्थिक वर्ष २०७९/८० को दोस्रो गाँउसभाको प्रथम अधिवेशनमा नीति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइतर्फ “एक घर एक धारा” नीतिलाई प्राथमिकतामा राखिएको हो । सुनकोशी गाँउपालिका भौगोलिक हिसाबले पनि प्राय समुदाय सुख्खा क्षेत्रमा पर्ने भएकोले आगामी आर्थिक वर्षमा यस्ताे नीति लिइएको सुनकोशी गाँउपालिकाका अध्यक्ष दिपा बोहरा दाहालले बताउनुभयो । नीति कार्यक्रममा सुनकोशी गाँउपालिका भित्रका प्रत्येक घरपरिवारमा स्वच्छ, सफा र पर्याप्त पिउने पानीको व्यवस्थापनका लागि सुक्दै गएको पानीको मुहान संरक्षण योजना सहित सुनकोशी लिफ्ट खानेपानीको ब्यवस्था गरिने पनि उहाँले बताउनुभएकाे छ ।

साथै साेही पालिकाले फोहोरलाई मोहरमा रुपान्तरण गर्ने गरी जैविक तथा अजैविक फोहोर व्यवस्थापनका लागि आवश्यक व्यवस्था गर्ने भएकाे छ । खानेपानी तथा सरसफाई प्रबर्द्धन एवं व्यवस्थापनका लागि गाँउपालिकाले लिइएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने पनि सुनकोशी गाँउपालिकाले जनाएकाे छ । लिफ्ट सिंचाईको विद्युत महसुलमा सय प्रतिशत किसानहरुलाई राहत स्वरुप अनुदान उपलब्ध गराउने पनि सुनकोशी गाँउपालिकाकाे लक्ष्य रहेकाे छ ।