
एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन् ।
उनले आफू आमा बन्न लागेको खबर सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जालमा अस्पतालको बेडमा सुतेको तस्वीर राख्दै लेखेकी छन्, ‘अब छिटै हाम्रो बच्चा आउने वाला छ ।’
उनी हाल आफ्ना श्रीमान् अभिनेता रणवीर कपूरसँग बेलायतमा छिन् । ५ वर्षसम्म प्रेम सम्बन्धमा रहेका उनीहरूले गत १४ अप्रिल २०२२ मा आफ्नो परिवार र नजिकका साथीहरूलाई मात्र बोलाएर मुम्बईको आफ्नो घरमा विवाह गरेका थिए ।
फिल्म ‘ब्रह्मास्त्र’ को सेटमा भेट भएपछि उनीहरूबीच प्रेम सम्बन्ध सुरु भएको हो ।

आलियाले धेरै अन्तवार्ताहरूमा आफू सानै देखि रणवीरको ठूलो फ्यान रहेको र रणवीरसँग विवाह गर्ने इच्छा रहेको बताउने गर्थिन् ।उनीहरूले सँगै काम गरेको पहिलो फिल्म ‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा प्रदर्शन हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्