१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता


130
Shares

काठमाडौं । एसीसी महिला टि-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छ।

नेपाली टोली आज (सोमबार) बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।

समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनलमा पुगेको हो । युएईले मलेसियालाई हराएर उपाधि जितेको थियो ।सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको थियो

फाइनलमा पुग्ने दुई टोली महिला टि-२० एसिया कप क्रिकेटमा छनोट भएका छन् ।