
काठमाडौं । आइतबार करिब १ सय अंकको हाराहारीले उकालो लागेको शेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ ।
आइतबारको तुलनमा सोमबार कारोबार रकम पनि कमी आयो । २३ अंकले ऋणात्मक रहेको बजार सोमबार १९ सय ३३ विन्दुमा कायम भएको छ । ओरालो लागेको आजको बजारमा जीवन बीमा समूहमा भने १ सय १४ अंकले सकरात्मक रहदा लगानी समूह भने हरियो मात्र रह्यो ।
अरु सबै समूह घटेका छन् । सबैभन्दा बढी विकास बैक समुहमा १ सय १७ अंकले घट्दा अरु समूह दोहोरो अंकले ओरालो लागेका छन् ।
घटेको बजारमा सिवाईसी नेपाल लघु वित्त वित्तिय संस्था र ङ्यादी हाइड्रोपावरका लगानीकर्ताले भने कमाएका छन् । २४ कम्पनीको शेयर मुल्य वृद्धि हँुदा १ सय ६८ कम्पनीको मूल्य ओरालो लागेको छ ।
आज २ सय २९ कम्पनीको ५६ लाख बढी कित्ता २ अर्बमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्