१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘दुधे बालकदेखि ७० वर्षिया वृृद्धासम्म हिंसामा’


325
Shares

काठमाडौं । महिला हिंसा निवारणका लागि राज्यका सबै निकायमा महिलाहरुको अर्थपूर्ण सहभागितामा सरोकारवालाहरुले जोड दिएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा राष्ट्रिय महिला आयोगले गरेको अन्तरक्रियाका सहभागीहरुले महिला सहभागितामा जोड दिएका हुन ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले दुधे बालकदेखि ७० वर्षिया वृृद्धा पनि हिंसामा परेको भन्दै पुरुषहरुमा भएको नकारात्मक सोचमा परिवर्तन ल्याउन जरुरी भएको बताउनुभयो ।

नगरपालिकाका मेयर दिपक रिसालले महिला हकहितका लागि आफूहरुले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा पूर्वसचिव कृष्णहरि बास्कोटाले महिला अधिकार बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी सञ्चारकर्मी संगीता श्रेष्ठद्वारा निर्मित महिला हिंसाविरुद्धकोे बृत्तचित्र देखाइएको थियो ।