
काठमाडौं । छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई तनहुँको व्यास नगरपालिकाले करमा छुट दिने भएको छ ।
लैङ्गिक भेदभावमुक्त व्यास नगर बनाउने उद्देश्यले छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो ।
छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सबै करमा २० प्रतिशत छुट दिने नीति नगर सभाबाट पारित भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियान अन्तर्गत् छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्नेलाई नगद सहयोग समेत उपलब्ध गराउने भएको छ ।
यस्तै, उच्च शिक्षा अध्ययन गर्ने आर्थिकरुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति, दलित, सिमान्तकृत, लोपोन्मुख जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका कार्यक्रम सञ्चालन गरिने नगरापालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्