
काठमाडौं । नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् ।
सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको सवालको जवाफ दिन रोष्ट्रममा बोलाउने बित्तिकै एमालेका सांसदहरूले बैठक बहिस्कार गरेका हुन् ।
एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माण क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनाधिकृत मानिसलाई संलग्न गराएको आरोप लगाउनुभयो । प्रश्न उठेपछि मार्गप्रशस्त गर्नुपर्नेमा अर्थमन्त्रीले त्यसो नगरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
त्यसलगत्तै एमाले सांसद बैठक बहिस्कार गरेर बाहिरिए । सभाध्यक्ष तिमिल्सिनाले बैठक बहिष्कार नगर्न पटक–पटक आग्रह गरे पनि एमाले सांसदले आग्रह टेरेनन् । एमाले सांसदको बहिष्कारकै बीचमा अर्थमन्त्री शर्माले जवाफ दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्