
कैलाली । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीको लुटिएकोे कार फेला परेको छ ।
गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने बाटोमा कार फेला परेको जिल्ला प्रहरी कार्यालयका वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
आइतबार लिफ्ट मागेर कारमा बसेका तीन जना व्यक्तिले कुटपिट गरेर भण्डारीको कारसहित भएका नगद र मोबाइल लुटेर फरार भएका थिए ।
कञ्चनपुरको महेन्द्रनगरदेखि ३ जना भारतीय मुलका नागरिकले खानीडाँडासम्म जाने भन्दै लिफ्ट मागेर गाडी चढेका थिए ।
लुटेराहरुले भण्डारीलाई राजमार्ग देखि करिब १०० मिटर तर भिरमा हातखुट्टा बाधेको छाडेका थिए । कुटपिटबाट घाइते भण्डारीको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
लिफ्ट मागेर जिप चढेका व्यक्तिबाटै लुटपाट, जिप लिएर फरार
प्रतिक्रिया दिनुहोस्