
काठमाडौं । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले विद्यार्थीहरुलाई सैदान्तिक र व्यवहारीक शिक्षाबीचको अन्तरसम्बन्ध बुझाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
सोमबार शिक्षा पत्रकार समूहले काठमाडौंमा गरेको तन्नेरी शिक्षकका तन्नेरी अनुभव आदानप्रदान सम्बन्धी साक्षात्कार कार्यक्रममा उहाँले समय सापेक्ष शिक्षण सिकाई प्रक्रियाको परिवर्तनमा जोड दिनुभएको हो ।
कार्यक्रममा काठमाडौ, भक्तपुर र ललितपुरका १० वटा सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ६ जना शिक्षक शिक्षिकाले आफ्नो विषयगत पठनपाठन को अनुभव, शिक्षण सिकाई प्रक्रियाहरुकाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्