
काठमाडौं, बैशाख १७ । प्रधानमन्त्री केपी ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । साथमा सभामुख अग्नि सापकोटाले पनि अवलोकन गरेका हुन् ।
बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बेला बुधबार संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन् ।
संसद सचिवालयले गरेको सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी गरेको छ । बैठक कक्ष त्यसैगरी तयार पारिएको हो ।
संविधान अनुसार सरकारले १५ जेठमा बजेट ल्याउनुपर्ने हुन्छ । लामो समय लकडाउन हुँदा संसद बंठक बस्न सकेको छैन । संसदहरुले संसद अधिवेशन आह्वान गर्न माग गरिरहेका छन् ।
बजेट अधिवेशन आह्वानकैबारे प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बुधबारै छलफल पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्