२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


महिन्द्रा लिमिटेडले नयाँ स्कोर्पियो गाडी सार्वजनिक गर्‍यो


1.287k
Shares

काठमाडौ । एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले एसयुभी, ‘अल–न्यू स्कोर्पियो–एन’ को सार्वजनिक गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर कम्पनीले सो गाडी सार्वजनिक गरेको हो । कार्यदक्षता, प्रविधि, क्षमता र नविन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कोर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयुभी डीएनको समृद्ध बिरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अल–न्यू स्कोर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिशन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुन:परिभाषित गरी डी–सेगमेन्ट एसयुभी श्रेणीमा डिजाइन गरिएको छ । यसबाहेक, आफ्नो प्रामाणिक एसयुभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरू प्रदान गर्ने समेत जनाइएकाे छ ।