१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्षाले सडक कालोपत्रेका लागि तयार गरिएको संरचना बगायो


0
Shares

बुटवल । बुटवलमा बर्षाका कारण सडक कालोपत्रेका लागि तयार गरिएको संरचना बगाएको छ ।

मंगलबार बिहानैबाट परेको बर्षाका कारण सडकमा कालोपत्रेका लागि तयार गरिएको संरचना बगाएको हो । ढल र नालीको उचित निकास ननिकाल्दै सडकमा कालोपत्रे गर्न लागेपछि सडकमा बिछ्याइएको संरचना बगाएको हो ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण वषौंदेखि अलपत्र परेको सडक प्रतिवद्धता पुरा गर्ने भन्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको सक्रियतामा नाला र ढलको संरचना पुरा नगर्दै कालोपत्रेको तयारी गरिएको थियो ।

बर्षाले सडक किनारका नाला तयार नहुँदा सडकमा पानीको भेल बगेको छ । स्थानीय तह निर्वाचनमा मुख्य मुद्दा बनेको सो सडक बनाउने भन्दै चुनाव जितेको भोलिपल्टबाटै नगर प्रमुख पाण्डे र उप प्रमुख साबित्रा अर्यालले मध्यरातमा समेत सडक निर्माणमा खटिएका थिए ।