
काठमाडौं । फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई फलफूल पकाउन प्रयोग हुने कार्वाइड (एसिटिलिन ग्यास) प्रयोग गर्न निषेध गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागि राख्न निषेध गरेको हो ।
व्यवसायीक रुपमा फलफूल पकाउने व्यवसायीहरुले रसायन प्रयोग गरी फलफूल पकाउनु पर्ने भएमा अन्तराष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनहरुको तोकिएको विधि अनुरुप मात्र प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।
आँप लगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखिएको पाइएमा खरिद नगर्न समेत खाद्य विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्