१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न बाटो खुल्यो


455
Shares

काठमाडौं । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न बाटो खोलिदिएको छ ।

सर्वोच्चले बुढीगंगामा बैशाख ३० मा भएको मतदानको मतगणना गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेसँगै पुनः मतदानको बाटो खुलेको हो ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले बुढीगंगामा बैशाख ३० गते भएको मतदानको मतगणना गर्न माग गर्दै दायर रिटमा अन्तरीम आदेश दिन अस्विकार गरेको हो ।

बुढीगंगाका मतदाता दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाटनै मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।

बैशाख ३० गते भएको निर्वाचनमा केही मतदान केन्द्रमा बुथ कब्जा भएको भएको भन्दै नेपाली कांग्रेसलगायत सत्तारुढ गठबन्धनका दलले पुनः मतदान गर्नुपर्ने माग गरेका थिए भने नेकपा एमालेले मतगणना गर्नुपर्ने माग गरेको थियो ।