१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सर्लाहीमा ट्यांकर पड्किंदा ७ जना घाइते


156
Shares

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवामा अलकत्रा बोकेको ट्यांकर पड्किंदा जलेर ७ जना घाइते भएका छन् ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवामा मंगलबार साँझ तातो अलकत्रा बोकेको ना १ क ६०३९ नम्बरको ट्याङ्करमा मर्मत गर्न वेल्डिङ्ग गर्ने क्रममा पड्किएकाे हो । घटनामा मिस्त्री र कामदारसहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गम्भीर घाइते भएका ४ जनालाई काठमाडौंको कीर्तिपुर अस्पतालमा पठाइएको छ । साथै ३ जना घाइतेको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।