१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्रको राजीनामा माग


416
Shares

पोखरा । गण्डकी प्रदेश सभामा बजेटमाथिका छलफल रोकेर सत्तागठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

संसदलाई निकास दिन नसके मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजीनामा दिनुपर्ने नेकपा एमालेले माग गरेकाे हाे । एमाले संसदीय दलले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव एवं दलका नेता नेता पृथ्वी सुव्वा गुरुङले मुख्यमन्त्रीको राजीना माग गर्नुभएको हो ।

उहाँले मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेट रोकिएकाले बजेटमाथि छलफल गराउन नसके मुख्यमन्त्रीले राजीनामा दिएर यसको निकास खोजिनुपर्ने भन्दै संसदलाई अनिर्णयको बन्दी बनाउन नमिल्ने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेरी नै सही ट्रयाकमा नहिँडेको र त्यसबेलादेखि मन्त्रीहले आपत्ति जनाएको स्मरण गराउनुभयो ।

असार १ मा बजेट प्रस्तुत गरेसँगै त्यसमाथिको छलफल प्रारम्भ गर्नुपर्नेमा सत्तापक्ष बजेटको भागबण्डामा अल्झिएपछि संसद बैठक बस्न सकेको छैन् । आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री रामजी प्रसाद बरालले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नसमेटेको भन्दै सत्ता गठबन्धनबीच किचलो भएकाे छ ।

यहि असार ५ गतेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरेर अनिश्चित कालसम्मका लागि स्थगित गरिएको ।