
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्य समितिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार एन्फाका नवनिर्वाचित पदाधिकारीसँग भेट गर्दै प्रधानमन्त्री देउवाले बधाई दिनुभएको हो ।
भेटमा उहाँले देशमा फुटबलको विकासका लागि सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।
खेलको विकासका लागि मिलेर काम गर्दा सरकार सधै एन्फाको साथमा रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा गत असार ६ गते भएको निर्वाचनबाट पंकजबिक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्