
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतीमा त्रुटी भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताउनुभयो । अर्थमन्त्री शर्माले लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरुमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवद्र्धन गर्न महालेखा परिक्षकको महत्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो । उहाँले सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजश्वमा भएको चुहावट, हिनामिना, औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरु महालेखापरीक्षकले थप ध्यान दिनुपर्ने बताउनुभयो ।
अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रको आकार फराकिलो हुँदै गएपनि आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा पछिल्लो समय किन आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव भएको विषयमा अर्थतन्त्रको गहन अध्ययन, विश्लेषण र मुल्याङ्कन गर्न जरुरी देखिएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्