१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आइएमई पेद्वारा बीमा किस्ता भुक्तानीमा क्यासब्याक योजना सार्वजनिक


130
Shares

काठमाडौं । आइएमई पेले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ती रोचक अफर ल्याएको छ ।

कम्पनीले आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत असार १० गतेदेखि सो एपबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनी (एनएलआइसि)को बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५ प्रतिशत (अधिकतम २ हजार ५सय रुपैयाँसम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ वटा चन्द्रागिरी केबलकारको टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको छ ।

हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफर मार्फत अझ बढी आफ्ना ग्राहकलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएको छ । यस योजनाको नियम तथा शर्त अनुसार केवाइसी रुजु भएको प्रयोगकर्ताहरुले बीमा किस्ताको भुक्तानी नियत मिति (ड्यु डेट) भित्र वा नियत मिति पछिको ७ दिनभित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउनेछन् ।