
web pic
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारुको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन् । उनको राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्