
ओखलढुंगा । ओखलढुंगा र खोटाङमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण तिङ्ला–ओखलढुंगा ३३ केभी प्रशारण लाइनमा समस्या देखिएपछि बुधबार दिउँसोदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रले जनाएको छ ।
सोलुखुम्बुका विभिन्न विद्युत् आयोजनाबाट उत्पादित विद्युत् दुवै जिल्लामा वितरण गरिँदै आएको छ ।
विद्युत् अवरुद्ध भएपछि दुवै जिल्लाबाट समस्याग्रस्त क्षेत्र खोजीका लागि टोली परिचालन गरिएको छ । तर अहिलेसम्म समस्याग्रस्त क्षेत्र फेला पार्न भने नसकिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्