१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘असार १५ ले कृषकमा ऊर्जा थप्छ’


39
Shares

स्याङजा । स्याङजामा पनि रोपाइँ कार्यक्रम गरिएको छ ।

कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले कृषिमा आधुनिकीकरण तथा विविधिकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

कृषि उत्पादनमा आधुकीकिरण गर्न आवश्यक रहेको भन्दै नगरप्रमुख खाँडले कृषीप्रधान देश भएपनि कृषीउपजमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

आफ्नै उत्पादनमा निर्भर हुने गरी उत्पादन गर्ने तर्फ कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । नगरप्रमुख खाँणले असार १५ ले कृषकहरुमा नयाँ उर्जा थप्ने भएकाले यस दिन जस्तै अन्य दिनहरुमा पनि उर्जाशील भएर कृषि उत्पादनमा लाग्न अनुरोध गर्नुभयो ।

स्याङ्जाको वालिङ क्षेत्र धान उत्पादनको लागि पकेट क्षेत्रको रुपमा रहे पनि सोचेअनुसारको उत्पादन हुन नसकेको खाँणले बताउनुभयो ।