
एजेन्सी । ‘द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्स’ ले यस पटक ३ सय ९७ जनालाई ओस्कार आयोजकको सदस्यता क्षेणीमा सामेल हुन आमन्त्रित गरेको छ ।
ओस्कारले यस वर्ष भारतबाट चर्चित व्यक्तिहरूलाई एकेडेमीको सदस्य बन्न आमन्त्रित गरेको छ । भारतबाट सामेल हुन ओस्कारले काजोल, सुर्या र रीमा कागती लगायतका चर्चित कलाकारहरुलाई निम्तो दिइएको छ । एकेडेमीले आमन्त्रित सदस्यहरूको सूची सार्वजनिक गरेको छ । लामो समयसम्म फिल्म क्षेत्रमा योगदान दिएका कलाकारहरूलाई एकेडेमीको सदस्यमा छनोट गरिन्छ ।
आमन्त्रित कलाकारहरूले आमन्त्रणा स्वीकार गरे भने आगामी वर्षको एकेडेमी पुरस्कारको लागि मतदाता बन्नेछन् । अहिलेसम्म काजोल लगायत अन्य केही कलाकारहरूले यसमा कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्