२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आईसीसी वरीयताको नवौं स्थानमा दिपेन्द


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको टी–ट्वान्टी अलराउण्डर वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्र नवौं स्थान छन् ।

यो उनको हालसम्मकै उच्च वरीयता हो । यस अघि सार्वजनिक वरियतामा पनि उनी नवौं स्थानमै थिए ।

यस्तै, ब्याटिङ वरीयतातर्फ कुशल भुर्तेल ३८ औं स्थानमा छन् । ब्याटिङतर्फ दिपेन्द्र ४२ औं र आसिफ शेख ९८ औं स्थान रहेका छन् । बलिङ वरीयता नेपालका कप्तान सन्दीप लामिछाने ४० औं स्थानमा रहेका छन् । अविनास बोहरा ९३ औं स्थानमा झरेका छन् ।