
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोवारीसहित २७ जनाविरुद्ध ४४ करोड ३८ लाख ९३ हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।
उनीहरुविरुद्ध उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो ।
मालवस्तु पठाउँदा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्यअभिवृद्धि कर र लाभांश लगायतका राजस्व नतिरेको विभागको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्