१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुलिस र एपीएफ फाइनलमा


26
Shares

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बुधबार पनि बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला भलिबल प्रतियोगितामा जित निकालेका छन् ।

कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा भएको दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले परोपकार महिला होस्टेललाई सोझो सेटमा पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

लगातार दोस्रो खेलमा जित निकालेको पुलिसले दुई खेलबाट ६ अंक जोडेको छ । यता दोस्रो खेलमा पनि पराजित भएको परोपकार अंकविहीन छ ।

अर्को खेलमा अर्को विभागीय टोली एपिएफले आयोजक न्यु डायमण्ड एकेडेमीलाई पनि सोझो सेटमा स्तब्ध बनायो । एपिएफको पनि तालिकामा ६ अंक भएको छ ।

राउण्ड रोविन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले पाँच लाख पाउने छन् । बिहीबार पनि दुई खेल हुने छ ।