
काठमाडौं । अविरल वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध भएका छन् ।
पानीको भलले सडकमा क्षति पुर्याएपछि ग्रामीण भेगका सडक अवरुद्ध भएका हुन् ।
ओखलढुंगा रामपुर सडकखण्ड पहिरे खोलाको पहिरोले निरन्तर अवरोध गर्दा छिनछिनमै अवरुद्ध भइरहेको छ । पक्की गरिएको सिद्धिचरण राजमार्गबाहेक जिल्लाका अन्य सडकमा यात्रा कष्टकर हुन थालेको छ ।
ताप्केडाँडा, मूलखर्क, प्राप्चा, शेर्नालगायतका ठाउँमा मुस्किलले सवारी चलिरहेका छन् । कच्ची सडकको हिलोमा फसेका सवारी साधन निकाल्न ट्याक्टर र इस्काभेटर प्रयोग गर्नुपर्ने भएको छ ।
वर्षाले जिल्लाका भित्री सडकहरूमा क्षति पुगेकाले अवरोध हटाउनले प्रयास गरिरहेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्